Help Nepal Network | हेल्प नेपाल नेटवर्क

 नेपाल द्वन्दकालबाट गुज्रिदै गर्दा जनताहरु अन्योलमा थिए। नेपालको आर्थिक, राजनैतिक, सामाजीक उतारचढाबलाई लिएर विश्वसमुदायमा धेरैनै कौतोहलता सृजना भईरहेको थियो। त्यही समुहबीच बिदेशमा बस्ने नेपालीहरु माझ नेपाललाई हेर्ने फरक द्रिस्टिकोण भएको एक समूह बनेको थियो। आफ्नो मातृभूमी अन्योलमा परेको बेलामा दुख अनि समबेदनाको भावनाभन्दा, देशका  राजनीति, राजनितिज्ञ, बिकाशका पुर्बधरहरुको अभाब जस्ता नराम्रो पक्ष्यलाई औल्याउदै खेद गर्ने गर्दथिए।

सन् १९९९ बेलायतमा बसोबस गर्ने नेपाली, रबीन्द्र मिश्रले, हेल्प नेपाल नेटवर्कको, स्थापना गर्नु भयो। संस्थाको स्थापना १२ जना स्दश्यको समायोजन भएको थियो भने अरुण सिंह बस्नेत नेपालका लागी  संयोजक थिए। आजको मिती सम्म यस् संस्थाको १२ राष्ट्र (अस्ट्रेलिया, अष्ट्रीया, क्यानाडा, डेनमार्क, आयरल्याण्ड,  नेपाल,न्युजील्याण्ड, कतार, रसिया, साउदी अरेवीया, दक्षिण कोरिया, स्वीडेन, युनाईटेड किङ्गडम् र  संयुक्त राज्य अमेरीका)मा संजाल स्थापना भईसकेको छ। आफ्नो १७औ बसन्त पार गरी, यस् संस्थाले राष्ट्र निर्माणमा उल्लेखनीय योगदान पुर्याइसकेको छ ।

हेल्प नेपाल नेटवर्क सन १९९९मा “एक महिनामा एक डलर” कोषको स्थापना गर्ने नेपालको पहिलो अंतराष्ट्रिय संगठनिक संजाल हो। यस् संस्थाले नेपालका दुर्गम क्षेत्रमा रहेका बालबालीकाको शिक्षा तथा श्वास्थक्षेत्र उत्थानका लागि दत्त चित्त भएर लागीपरेको छ। बाह्र वटा देशमा च्याप्टरहरू रहेका यस् संस्थाले आजका दिनसम्म अनेकौ क्रियाकलाप गरेर रास्ट्रको शिक्षा तथा श्वास्थक्षेत्रमा योगदान पुर्याएको छ।
हेल्प नेपाल नेटवर्क नेपाली जनसमुदाय माझ "दिने" संक्रृतीको प्रबर्धन गर्ने काम गर्दछ। उद्हारणका लागी बिदेसमा रहेका हेल्प नेपाल नेटवर्क का सदस्यहरुले त्यहाँ बस्ने नेपाली जनताहरुलाई महिनामा एकचोटी आफ्नो आर्जनबाट थोरै रकम अनुदान दिनका लागी प्रोत्साहन गर्दछन्। नेपालमा हेल्प नेपाल नेटवर्कका सदस्यहरुले बरु  मासिक एक प्लेट मो:मो कम खाने गरौ  अथवा केही कप चिया कम पियौ र त्यो बचत कतै दान गरे भनेर अाफ्नो कार्यक्रम संचालन गर्दछन।

सन् २००२मा हेल्प नेपाल नेटवर्कले १२०० पाउंडको आर्थिक सहयोग प्रदान गरी  प्युठानको सरस्वती प्राथमिक बिद्यालयको दुइवटा भवन पुनर्निर्माण गर्न सफल भएको थियो। त्यही साल दांग र डोल्पामा दुई बिध्यलयाको भवन निर्माण र पुस्तकालय सुधारमा करिब २८०० पाउंड सहयोग पुर्याओ। सन् २००३मा आवहान समूह, चाबहिलको सहकार्यमा हेल्प नेपाल नेटवर्कले ६०० पाउन्डको सहयोग गरी काठमाडौँको कपनमा हेपाटाईटीष बी खोप सिबीर संचालन गरेको थियो। साथसाथै खोटांग जिल्लाको दिप्सुंग गबिसा मा ११४० अमेरिकी डलरको लागतमा रेनुका निम्न माध्यमिक बिद्यालयको छत मर्मत गर्न सहयोग पुर्याएको थियो। यसरीनै हरेक वर्ष यस् संस्थाले शिक्षा र स्वास्थ्यमा टेवा पुर्याउदै आएको छ।

शिक्षा र स्वास्थ्यको दिगो बिकाश गर्न सूचना प्रबिधी अंगाल्दै यस् संस्थाले “हेल्प नेपाल नेटवर्क एल.टि.एस्.पी ई-लाईब्ररी प्रोजेक्ट चलाउदै आएको छ। “एउटा जिल्लामा कम्तिमा पनि एउटा ई-लाईब्ररी” यस् प्रोजेक्टको मूल नारा हो ।

परम्परागत पुस्तकालयको आधुनीक रुप हो ई-लाईब्रेरी। ई-लाईब्रेरी लाई  ईलेकट्रोनिक-लाईब्रेरी पनी भनिन्छ। हजारौको संख्यामा शैक्षिक सामग्री जस्तै किताब, डिक्सनेरी, लेख, गेम्स, गीत, भिडियो जस्ता शैक्षित र मनोरंजनात्मक सामग्रीहरुलाई कम्प्युटरमा संग्रह गर्ने प्रबिधि हो ई-लाईब्रेरी।

पुल्चोक क्याम्पसका केहि बिद्यार्थीहरुले सेमेस्टर ब्रेकमा लगिने भारत भ्रमण नगई क्याम्पसका पुराना र प्रयोग नगरिएका कम्प्यूटरमा ओपन सौर्स सफ्टवएर स्थापना गरी ई-लाईब्रेरी सेटअप गरेका थिए। हेल्प नेपाल नेटवर्क ले त्यश अभियानलाई निरन्तरता दिदै आजको मिति सम्ममा ३५भन्दा बढी जिल्लामा ई-लाईब्रेरीको  स्थापना गरिसकेको छ। फस नेपालका स्वयम्सेबकहरुले बिगतका दिनमा ई-लाईब्रेरीको स्थापना, मर्मत, समस्याहरुको निवारण र उपयोग गर्नका लागी बिद्यालयका बिद्यार्थी र शिक्षकलाई तालीम दिने गर्दथिए। फस नेपालका स्वयम्सेबकहरुले काठमाडौँ विश्वबिद्यालय स्थित काठमाडौँ विश्वबिद्यालय ओपन सोर्स कम्युनिटीका स्वयम्सेबकहरुले ज्ञान आदान प्रदान गरेपछी अहिले ई-लाईब्रेरीको सम्पूर्ण क्रियाकलाप के.यु.ओ.एस्.सीले संयोजन गर्दछ। सन २०१४मा  हेल्प नेपाल नेटवर्कले काठमाडौँ  विश्वबिद्यालयको कम्प्युटर साईनस् तथा ईन्जीनरिङ्ग बिभाग संग समझौता पत्र हस्ताक्ष्यर गरेको थियो। हेन नेपालका सदश्य रोशेन्द्र ध्वज खड्काले  के.यु.ओ.एस्.सी संग समन्वय गरी ई-लाईब्रेरीको कार्यक्रम संचालन गर्ने गर्दछन।

ज्ञान आदान प्रदानको सिलसिला जारी राख्न र ई-लाईब्रेरीको क्रियाकलाप द्रुतगतिमा लैजाने उदेश्यले अहिले के.यु.ओ.एस्.सीले पुल्चोक क्याम्पसका स्वयम्सेबक हरुलाई  यस अभियानमा हातेमालो गरिरहेको छ।
ई-लाईब्रेरी स्थापना गर्न चाहिने पुर्बाधारहरु निम्न प्रकारका छन्:
  1. प्रथम त एउटा १० देखी १५ वटा कम्प्युटर राख्न सकिने फराकिलो कोठा चाहिन्दछ।
  2. हेल्प नेपाल नेटवर्कले स्थापना गरेको प्रत्यक  ई-लाईब्रेरीमा
    एउटा सर्भर, एउटा स्विच, १० वटा थिन क्लायन्ट( अर्थात् सरल भासामा भन्नु पर्दा १० वटा कम्प्युटरहरु) हुन्छ।

यी सबै पुर्बधार किन्नु परेमा सरकारी विद्यालयलाई अतिनै महँगो हुन जान्छ। त्यशैले तपाईहरुले हेल्प नेपाल नेटवर्क मा आफ्नो बिद्यालयलाई किन ई-लाईब्रेरीको खाचो छ भन्ने कारण देखाएर एउटा प्रस्ताब आवेदन लेखी पठाउनु पर्नेछ। संस्थाले सोही  आबेदनहरु हेरी आफ्नो बर्सिक ई-लाईब्रेरी स्थापनाका  लागी प्राप्त अनुदान अनुसार केहि बिद्यालय सुचित गर्द छ। सुचित बिद्यालयहरुमा के.यु.ओ.एस्.सी का स्वयंसेवकहरुले हेल्प नेपाल नेटवर्कको अफिस देखि ई-लाईब्रेरी स्थापना गर्न चाहिने सबै सामग्री लगी ई-लाईब्रेरी स्थापना गरिदिनेछन। सोही समयमा बिद्यार्थी र शिक्षक लाई तालिम पनि दिनेगर्छन।
पत्राचारका लागि सम्पर्क ठेगाना:
हेल्प  नेपाल नेटवर्क, चुचेपाटी, चाबहिल, काठमाडौँ ७ ,नेपाल
फोन न: ९७७-०१४४९८३२८
इमेल ठेगाना: [email protected], [email protected] 
ई-लाईब्रेरी स्थापना  गरी आफ्नो गाऊ घरमा आधुनिक शिक्षा प्रणाली भित्र्याउनु हुन हामी सबैलाई एस कार्यक्रम मार्फत पहल गर्न चाहन्छौ।


EmoticonEmoticon