इन्टरनेट बिनाको इमेल प्रविधिको उद्घाटन


प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच ५९ औं प्रहरी संचार दिवस सम्पन्न भएको छ । सो अवसरमा प्रमुख अतिथि माननीय गृहमन्त्री जनार्दन शर्माले इन्टरनेट बिनाको इमेल प्रविधि (H.F. Radio Data) को समेत उद्घाटन गर्नुभयो ।

रेडियो प्रविधि र कम्प्युटर प्रविधीको कुराकानी नै H.F. Radio Data प्रविधि हो । यो Military Standard को प्रविधिलाई Software Defined प्रविधि पनि भनिन्छ, जसबाट ईन्टरनेट बिना नै इमेल पठाउन सकिन्छ । यो प्रविधिलाई Internet Server सँग जडान गरिने हो भने Internet Browse गर्न सकिन्छ । त्यसै गरी Email Server मा जडान गरिने हो भने व्यक्तिगत Email Address मा पनि यो प्रविधिबाट ईमेल पठाउन सकिन्छ । यो प्रविधिको प्रयोगले जहाँ ईन्टरनेट सुबिधा छैन त्यँहाबाट इमेल र फोटो पठाउन सकिन्छ र यो सूचना चुहावट नहुने सुरक्षित प्रविधि समेत भएकाले यो प्रविधि प्रहरीमा उपयोगी हुने देखिन्छ ।

थप जानकारीका लागि नेपाल प्रहरी को आधिकारिक फेसबुक एकाउन्टबाट छापिएको यो पोस्ट हेर्नुहोला। 
सूचना प्रबिधि सम्बन्धित संदेश भएकोहुनाले आधिकारिक समाचार लाई हुबहु उतारिएको छ। तस्बिर र लेख दुबैनै  नेपाल प्रहरी को आधिकारिक फेसबुक एकाउन्टबाट  लियिएको हो। नेपालमा IT चेतना फैलाउने हाम्रो उदेश्य हो। Copyright उल्लंघन सम्बन्धि कुनै आपत्ति भएमा सम्पर्क ठेगाना :[email protected]


EmoticonEmoticon