WIKIPEDIA: Wiki Women Editathon 2017 | विकिपिडिया:विकी विमिन एडिटाथन २०१७

WIKIPEDIA: Wiki Women Editathon 2017 | विकिपिडिया:विकी विमिन एडिटाथन २०१७

नारी सम्मानमा समर्पित भई नारी दिवसको अवसर परेर विकिपिडिया र विकिपिडियाका भातृ परियोजनामा योग्दन पुर्याउने सम्पूर्ण नेपाली भाषी योग्दनकर्ता हरुद्वारा यस्बर्स विकी विमिन एडिटाथन २०१७ प्रतियोगिताको आयोजना गरेको छ। यस अघि विकिमिडिया समुदाय नेपालले बि.स. २०७१ र ७२ सालमा पनि विमिन एडिटाथन आयोजना गरेको थियो।नारी सम्मानमा समर्पित यो तेस्रो प्रतियोगिता हो।
मार्च ८,२०१७ मा सुरु भएको यश प्रतियोगिता  मार्च २२, २०१७मा  सकिने जानकारी विकिपेडियाले आफ्नो वेबसईटमा जनाएको छ। 
पुन्यश्वरी प्रजापतिको संयोजकत्वमा बनेको तिन सदसिय संयोजन समिति रहेको यस् कार्यक्रमका निम्न उदेश्यहरु रहेका छन्:
  • नेपाली विकिपिडियामा महिला सहभागिता बढाउनु,
  • नेपाली विकिपिडियामा महिला सम्बन्धि लेखहरू वृद्धि गर्नु,
  • नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्नु,
  • नेपाली विकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु,
  • विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास गराउनु,
  • ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु ।

प्रतियोगितामा विश्व भरी छरिएर रहेका सम्पूर्ण भाषी महिला तथा पुरुषहरुले भाग लीन पाउनेछन् भने सहभागीहरुले आफ्नो प्रयोगकर्ता पृष्ठमा विकी विमिन एडिटाथन ब्याच राखन सक्नेछन। सो गर्नका लागी  {{विकी विमिन एडिटाथन ब्याच}} टाईप गरी रख्नुपर्नेछ।


कार्यक्रममा सहभागी हुनकालागी सर्वप्रथम नेपाली विकिपिडियामा गएर आफ्नो खाता खोल्नु पर्दछ।खाता तयार भैसकेको भए प्रवेश गरेर यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा # ~~~~ राख्नुहोस।

कार्यक्रमको बारेमा थप जानकारीका लागी यो लिंक क्लिक गर्नुहोला।

Help Nepal Network | हेल्प नेपाल नेटवर्क

 नेपाल द्वन्दकालबाट गुज्रिदै गर्दा जनताहरु अन्योलमा थिए। नेपालको आर्थिक, राजनैतिक, सामाजीक उतारचढाबलाई लिएर विश्वसमुदायमा धेरैनै कौतोहलता सृजना भईरहेको थियो। त्यही समुहबीच बिदेशमा बस्ने नेपालीहरु माझ नेपाललाई हेर्ने फरक द्रिस्टिकोण भएको एक समूह बनेको थियो। आफ्नो मातृभूमी अन्योलमा परेको बेलामा दुख अनि समबेदनाको भावनाभन्दा, देशका  राजनीति, राजनितिज्ञ, बिकाशका पुर्बधरहरुको अभाब जस्ता नराम्रो पक्ष्यलाई औल्याउदै खेद गर्ने गर्दथिए।

सन् १९९९ बेलायतमा बसोबस गर्ने नेपाली, रबीन्द्र मिश्रले, हेल्प नेपाल नेटवर्कको, स्थापना गर्नु भयो। संस्थाको स्थापना १२ जना स्दश्यको समायोजन भएको थियो भने अरुण सिंह बस्नेत नेपालका लागी  संयोजक थिए। आजको मिती सम्म यस् संस्थाको १२ राष्ट्र (अस्ट्रेलिया, अष्ट्रीया, क्यानाडा, डेनमार्क, आयरल्याण्ड,  नेपाल,न्युजील्याण्ड, कतार, रसिया, साउदी अरेवीया, दक्षिण कोरिया, स्वीडेन, युनाईटेड किङ्गडम् र  संयुक्त राज्य अमेरीका)मा संजाल स्थापना भईसकेको छ। आफ्नो १७औ बसन्त पार गरी, यस् संस्थाले राष्ट्र निर्माणमा उल्लेखनीय योगदान पुर्याइसकेको छ ।

हेल्प नेपाल नेटवर्क सन १९९९मा “एक महिनामा एक डलर” कोषको स्थापना गर्ने नेपालको पहिलो अंतराष्ट्रिय संगठनिक संजाल हो। यस् संस्थाले नेपालका दुर्गम क्षेत्रमा रहेका बालबालीकाको शिक्षा तथा श्वास्थक्षेत्र उत्थानका लागि दत्त चित्त भएर लागीपरेको छ। बाह्र वटा देशमा च्याप्टरहरू रहेका यस् संस्थाले आजका दिनसम्म अनेकौ क्रियाकलाप गरेर रास्ट्रको शिक्षा तथा श्वास्थक्षेत्रमा योगदान पुर्याएको छ।
हेल्प नेपाल नेटवर्क नेपाली जनसमुदाय माझ "दिने" संक्रृतीको प्रबर्धन गर्ने काम गर्दछ। उद्हारणका लागी बिदेसमा रहेका हेल्प नेपाल नेटवर्क का सदस्यहरुले त्यहाँ बस्ने नेपाली जनताहरुलाई महिनामा एकचोटी आफ्नो आर्जनबाट थोरै रकम अनुदान दिनका लागी प्रोत्साहन गर्दछन्। नेपालमा हेल्प नेपाल नेटवर्कका सदस्यहरुले बरु  मासिक एक प्लेट मो:मो कम खाने गरौ  अथवा केही कप चिया कम पियौ र त्यो बचत कतै दान गरे भनेर अाफ्नो कार्यक्रम संचालन गर्दछन।

सन् २००२मा हेल्प नेपाल नेटवर्कले १२०० पाउंडको आर्थिक सहयोग प्रदान गरी  प्युठानको सरस्वती प्राथमिक बिद्यालयको दुइवटा भवन पुनर्निर्माण गर्न सफल भएको थियो। त्यही साल दांग र डोल्पामा दुई बिध्यलयाको भवन निर्माण र पुस्तकालय सुधारमा करिब २८०० पाउंड सहयोग पुर्याओ। सन् २००३मा आवहान समूह, चाबहिलको सहकार्यमा हेल्प नेपाल नेटवर्कले ६०० पाउन्डको सहयोग गरी काठमाडौँको कपनमा हेपाटाईटीष बी खोप सिबीर संचालन गरेको थियो। साथसाथै खोटांग जिल्लाको दिप्सुंग गबिसा मा ११४० अमेरिकी डलरको लागतमा रेनुका निम्न माध्यमिक बिद्यालयको छत मर्मत गर्न सहयोग पुर्याएको थियो। यसरीनै हरेक वर्ष यस् संस्थाले शिक्षा र स्वास्थ्यमा टेवा पुर्याउदै आएको छ।

शिक्षा र स्वास्थ्यको दिगो बिकाश गर्न सूचना प्रबिधी अंगाल्दै यस् संस्थाले “हेल्प नेपाल नेटवर्क एल.टि.एस्.पी ई-लाईब्ररी प्रोजेक्ट चलाउदै आएको छ। “एउटा जिल्लामा कम्तिमा पनि एउटा ई-लाईब्ररी” यस् प्रोजेक्टको मूल नारा हो ।

परम्परागत पुस्तकालयको आधुनीक रुप हो ई-लाईब्रेरी। ई-लाईब्रेरी लाई  ईलेकट्रोनिक-लाईब्रेरी पनी भनिन्छ। हजारौको संख्यामा शैक्षिक सामग्री जस्तै किताब, डिक्सनेरी, लेख, गेम्स, गीत, भिडियो जस्ता शैक्षित र मनोरंजनात्मक सामग्रीहरुलाई कम्प्युटरमा संग्रह गर्ने प्रबिधि हो ई-लाईब्रेरी।

पुल्चोक क्याम्पसका केहि बिद्यार्थीहरुले सेमेस्टर ब्रेकमा लगिने भारत भ्रमण नगई क्याम्पसका पुराना र प्रयोग नगरिएका कम्प्यूटरमा ओपन सौर्स सफ्टवएर स्थापना गरी ई-लाईब्रेरी सेटअप गरेका थिए। हेल्प नेपाल नेटवर्क ले त्यश अभियानलाई निरन्तरता दिदै आजको मिति सम्ममा ३५भन्दा बढी जिल्लामा ई-लाईब्रेरीको  स्थापना गरिसकेको छ। फस नेपालका स्वयम्सेबकहरुले बिगतका दिनमा ई-लाईब्रेरीको स्थापना, मर्मत, समस्याहरुको निवारण र उपयोग गर्नका लागी बिद्यालयका बिद्यार्थी र शिक्षकलाई तालीम दिने गर्दथिए। फस नेपालका स्वयम्सेबकहरुले काठमाडौँ विश्वबिद्यालय स्थित काठमाडौँ विश्वबिद्यालय ओपन सोर्स कम्युनिटीका स्वयम्सेबकहरुले ज्ञान आदान प्रदान गरेपछी अहिले ई-लाईब्रेरीको सम्पूर्ण क्रियाकलाप के.यु.ओ.एस्.सीले संयोजन गर्दछ। सन २०१४मा  हेल्प नेपाल नेटवर्कले काठमाडौँ  विश्वबिद्यालयको कम्प्युटर साईनस् तथा ईन्जीनरिङ्ग बिभाग संग समझौता पत्र हस्ताक्ष्यर गरेको थियो। हेन नेपालका सदश्य रोशेन्द्र ध्वज खड्काले  के.यु.ओ.एस्.सी संग समन्वय गरी ई-लाईब्रेरीको कार्यक्रम संचालन गर्ने गर्दछन।

ज्ञान आदान प्रदानको सिलसिला जारी राख्न र ई-लाईब्रेरीको क्रियाकलाप द्रुतगतिमा लैजाने उदेश्यले अहिले के.यु.ओ.एस्.सीले पुल्चोक क्याम्पसका स्वयम्सेबक हरुलाई  यस अभियानमा हातेमालो गरिरहेको छ।
ई-लाईब्रेरी स्थापना गर्न चाहिने पुर्बाधारहरु निम्न प्रकारका छन्:
  1. प्रथम त एउटा १० देखी १५ वटा कम्प्युटर राख्न सकिने फराकिलो कोठा चाहिन्दछ।
  2. हेल्प नेपाल नेटवर्कले स्थापना गरेको प्रत्यक  ई-लाईब्रेरीमा
    एउटा सर्भर, एउटा स्विच, १० वटा थिन क्लायन्ट( अर्थात् सरल भासामा भन्नु पर्दा १० वटा कम्प्युटरहरु) हुन्छ।

यी सबै पुर्बधार किन्नु परेमा सरकारी विद्यालयलाई अतिनै महँगो हुन जान्छ। त्यशैले तपाईहरुले हेल्प नेपाल नेटवर्क मा आफ्नो बिद्यालयलाई किन ई-लाईब्रेरीको खाचो छ भन्ने कारण देखाएर एउटा प्रस्ताब आवेदन लेखी पठाउनु पर्नेछ। संस्थाले सोही  आबेदनहरु हेरी आफ्नो बर्सिक ई-लाईब्रेरी स्थापनाका  लागी प्राप्त अनुदान अनुसार केहि बिद्यालय सुचित गर्द छ। सुचित बिद्यालयहरुमा के.यु.ओ.एस्.सी का स्वयंसेवकहरुले हेल्प नेपाल नेटवर्कको अफिस देखि ई-लाईब्रेरी स्थापना गर्न चाहिने सबै सामग्री लगी ई-लाईब्रेरी स्थापना गरिदिनेछन। सोही समयमा बिद्यार्थी र शिक्षक लाई तालिम पनि दिनेगर्छन।
पत्राचारका लागि सम्पर्क ठेगाना:
हेल्प  नेपाल नेटवर्क, चुचेपाटी, चाबहिल, काठमाडौँ ७ ,नेपाल
फोन न: ९७७-०१४४९८३२८
इमेल ठेगाना: [email protected], [email protected] 
ई-लाईब्रेरी स्थापना  गरी आफ्नो गाऊ घरमा आधुनिक शिक्षा प्रणाली भित्र्याउनु हुन हामी सबैलाई एस कार्यक्रम मार्फत पहल गर्न चाहन्छौ।

Mahabir Pun and National Innovation Center | महावीर पुन र राष्ट्रिय आविष्कार केन्द्र्

 वायरलेस प्रविधिद्वारा देशको ग्रामिण क्षेत्रमा सूचना प्रबाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट संजाल विस्तार गर्न सफल व्यक्तित्व महावीर पुन म्याग्दी जिल्लाको नांगी गाउँमा जन्मीएका हुन् | भेडाबाख्रा गोठाले बनेर आफ्नो बाल्यकाल बिताएका पुन गाउँमा एक जिर्ण अबस्थामा रहेको पुर्भाधारको अभाब भएको सरकारी बिद्यालयमा पढदथिए।  पुनका पिता, एक रिटायार्ड ब्रिटिश गुर्खा आर्मी थिए र उनीले आफ्नो परिवारलाई देशको दक्षिण भेगमा बसाई सर्ने र छोराको शिक्षामा लगानी गर्ने निर्णय लिनाले पुनको जीवनमा ठुलो परिवर्तन ल्यायो

आफ्नो उच्च माध्यमिक सिक्षा सकाएर पुनले १२ बर्स ४ वटा बिद्यालयमा पढाउने काम गरे । सन् १९८९ मा पुनले नेब्रास्का बिश्वबिध्यालयबाट  बिज्ञान सिक्षा मा स्नात_कोत्तर हासिल गरे। स्नातक सकाएर २४ बर्स पछी आफ्नो गाउँ नांगी फर्किदा उन्ले दिगो शिक्षाको आवश्यकता महसुस गरे। जसको सुरुवात उनले हिमान्चल ऊ, मा, बी को स्थापना बाट सुरुवात गरे। कम्प्युटर सिक्षा र आय श्रोत बिद्धि लाई ध्यानमा राखी उनले आफ्नो कार्यक्रम अगाडी बढाउदै देश लाई बिकाश को ज्योतितिर अग्रसर गराउन थले।
 
सन २००१ महाबीर पुनको जिबनको स्वार्णिम वर्ष रहन गयो जब (ब्रिटिश ब्रोडकास्ट कर्पोरेसन)BBCले उनको गाउँगाउँमा इन्टरनेटको पहुच पुर्याउने महत्वोकाञ्छि योजनालाई विश्वसमुदायमाझ पेस गरिदियो। BBCको यस समर्थनबाट युरोप र अमेरिकाबाट विभिन्न सहहोयी दाताहरुले पुनलाई आर्थिक सहयोग गरे। त्याश सहयोगबाट उनले नांगी र राम्चे आसपासका गाउँहरुमा वायरलेस इन्टरनेट संचालन गर्न सफल भए।

पुन ‘इन्टरनेट हल अफ फेम’, ’समग्र सामाजिक नवीनता पुरस्कार’, एसियाको नोबेल पुरस्कार ले चिनिने ‘रोमन मेग्सय्सय अवार्ड’ जस्ता विभिन्न सम्मानद्वारा सुसज्जित राष्ट्रका ज्वाजल्यमान नक्श्यत्र हुन्।

पुनले सन २०१२मा सूचना तथा प्रबिधी मार्फत देश्बिकश्का सम्भावना हरुको खोज र आविष्कारगर्ने  उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्र्को स्थापना गरे। यस्तो बिसाल योजनालाई मुर्तरुप दिन ठुलो आर्थिक सहयोगको खाचो हुनेभएकाले पुनले नेपल सरकारर्को ढोका बारम्बार ढक्ढकाए। बिगत चार बर्षमा ५ वटा सरकार फेरिए तर उनलाई सहयोग कसैले गरेन। यसकारण आजकल पुनलाई हामी जनताहरु माझ सहयोग संकलन कार्यक्रम मा तत्पररहेको हेर्नसक्छौ। खुसीको पक्ष यो छकी भ्रस्ट र अन्योलमा रहेको सरकारले मुख फेरिपनि देशबिदेशमा रहेका नेपाली जनताहरुले निक्कैनै हर्शौल्लास्कासाथ पुनलाई सहयोग गरिरहेका छन्।

राष्ट्रिय आविष्कार केन्द्र्को बारेमा थप जानकारी र सहयोग गर्न इच्छुक सम्पूर्ण श्रोतामहानुभाबले  राष्ट्रिय आविष्कार केन्द्र्को वेबसाईट www.nicnepal.orgमा  लागिन गर्न सक्नु हुनेछ। वेबसाईटमा आजको दिनसम्ममा संकलित रकमको एकएक हिसाब राखिएको देख्न सक्नु हुनेछ। साथै महाबीर पुनलाई यहाहरुले twitterमा @mahabirpun सर्च गरी फलो गर्न सक्नुहुनेछ। पुनले सिक्षा, स्वास्थ्य र सामाजिक आर्थिक स्थर वृद्धि गर्नकालागि आजका दिनसम्म पनी दिनरात नभनी खटीरहेका छन्। एस्ता राष्ट्रका सर्जक, प्रेरणानायक व्यक्तित्वलाई कार्यक्रमको तर्फबाट सुभकामना ।

Google Text To Speech in Nepali Langauge | नेपाली भाषाको लागी गूगल टेक्स्ट टु स्पीच

प्रविधि जगतको बादशाह मानिने गुगलले भर्खरै मात्र नयाँ विशेषता, नेपाली भाषाको लागि गुगल ट्रांस्लेट अर्थात, गुगल अनुवाद, टेक्स्ट टु  स्पीच सार्वजनिक गरेको छ। यसमा नेपाली भाषाको उच्चारण सहित सुन्न र अनुवाद समेत गर्न सकिन्छ।

यो सुविधा विश्वका अन्य भाषाहरुका लागि पहिलै उपलब्ध भए पनि  नेपाली भाषाको लागि भर्खरै मात्र प्राप्त भएको हो। त्यसका लागि तपाईलॆ आफ्नो कम्प्युटर  अथवा मोबाईलको ब्राउजरमा गएर ट्रांस्लेट डट गुगल डट कम टाईप गरेर अंग्रेजी भाषाबाट सिधै नेपाली भाषामा अनुबाद गर्न सक्नुहुनेछ। महत्वपुर्ण कुरा त यो छ कि, तपाईले स्पिकर बटनमा क्लिक गरेर गुगलबाट आवाज पनि सुन्न सक्नुहुनेछ। यसका साथै अब तपाईले सिधै अंग्रेजीबाट नेपालीमा सजिकै अनुवाद गर्न सक्नुहुनेछ।

संबन्धित लेखहरु:
Google Translate TTS : Text to speech in Nepali Language (टेक्स्ट टु स्पीच यीन नेपाली)

OPEN DATA DAY 2017 | ओपेन डाटा डे २०१७

यहि मिति २०७३ फाल्गुन २१ गते तद अनुसार मार्च ४ २०१७ का दिन विश्वभरि वर्ल्ड डाटा डे मनाइएको छ। वर्ल्ड डाटा डे को अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ। यसैक्रममा काठमाडौँ विश्वविद्यालयको कम्प्युटर साइन्स तथा इञ्जिनियरिङ्ग विभागको कम्प्युटर क्लबले पनि डाटा डे लाई काठमाडौँ विश्वविद्यालयको केन्द्रिय क्याम्पस धुलिखेलमा एक कार्यक्रम गरेर भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रम काठमाडौँ युनिभर्सिटी कम्प्युटर क्लबको ओपन सोर्स सम्बन्धि कम्युनिटी, काठमाडौँ युनिभर्सिटी ओपन सोर्स कम्युनिटीले  गरेको थियो।
यो कार्यक्रमले हरेक वर्ष जस्तै यस वर्ष पनि ओपन डाटाको महत्व र त्यसका बारेमा भईरहेका क्रियाकलापहरुको समीक्षा गरेको थियो। यसका साथसाथै ओपन डाटाको नेपालमा कत्तिको महत्व छ र नेपालमा ओपन डाटाको अवस्था हाल कस्तो रहेको छ भन्ने बारेमा पनि कार्यक्रममा जानकारी दिइएको थियो। कार्यक्रममा कम्प्युटर साइन्सका प्रतित राज गिरिले ओपन डाटा डे  र कार्यक्रमको बारेमा जानकारी दिएका थिए। त्यसैगरी कार्यक्रममा काठमाडौँ विश्वविद्यालयकै ऋषि राज गौतमले ओपन डाटा को लागि कसरी योगदान गर्न सकिन्छ भनेर जानकारी दिएका थिए।
काठमाडौँ युनिभर्सिटी ओपन सोर्स कम्युनिटीका संयोजक सन्दिप न्यौपानेले आफुले ओपन डाटाको लागि काभ्रेमा गरेको सर्भे र आफ्नो अनुभब बताएका थिए। कार्यक्रममा काठमाडौँ विश्वविद्यालयकै महेश काफ्लेले ओपन डाटामा कसरी लाग्ने र ओपन डाटा ह्याकाथनको बारेमा आफ्नो अनुभब सुनाएका थिए। अन्त्यमा कम्प्युटर साइन्सका सन्जोग सिग्देलले ओपन सोर्स र ओपन डाटाका बारेमा थप जानकारी दिदै ओपन स्ट्रीट म्यापिङ्ग, उबन्टु लोकलाइजेसन र विकिपेडियामा  आफुले गरेको योगदानको बारेमा प्रेरक कुराहरु प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा सबै सहभागीले ओपन डाटाका लागि योगदान गर्ने र छिट्टै काठमान्डौ विश्वविद्यालयमा ओपन डाटा सम्बन्धि ह्याकाथन गर्ने निष्कर्ष निकालेको थिए।
LOCUS 2017 | लोकस २०१७

LOCUS 2017 | लोकस २०१७

यहि माघ २७, २८ र २९ गते  तदनुसार ९, १० र ११ तारिकका दिन इन्जिनियरिंग अध्ययन  संस्थान पुल्चोकमा राष्ट्रिय प्राविधिक मेला सम्पन्न भएको छ ।

इन्जिनियरिंग अध्ययन संस्थान पुल्चोकको हाता भित्र संचालन भएको उक्त कार्यक्रम कम्पिउटर इन्जिनियरिंग, इलेक्ट्रीकल र इलेक्ट्रोनिक्स इन्जिनियरिंगका विद्यार्थीहरुले आयोजना गरेका थिए ।

कार्यक्रमको प्रायोजन भर्सेंड, योमरी, इस्प्यारो यस.यम.यस आदिले गरेका थिए । लोकसमा ह्याक अ विक, लोकस प्रोजेक्ट प्रतियोगिता, एनेर्जी ह्याकाथन,  फोटोग्राफी प्रतियोगिता आदि संचालन भएका थिए । कार्यक्रममा विभिन्न स्कुल, कलेज र आइटीसंग सम्बन्धित मानिसहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका विवजेताहरुलाई एक कार्यक्रमका बिच पुरस्कार तथा सम्मान गरिएको थियो ।
KU IT MEET 2017 | के.यु. आइटी मिट २०१७

KU IT MEET 2017 | के.यु. आइटी मिट २०१७

धुलिखेल स्थित काठमाडौँ  विश्वविद्यालयमा यहि माघ ७, ८ र ९ गते तदअनुसार फेब्रवरी २०, २१ र २२ का दिन विज्ञान प्रविधिको महामेला आइटी मिटको छैटौ संस्करण के.यु. आइटी मिट २०१७ भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य प्रायोजन योमरीले गरेको थियो । यस्तै सिप्रदी ट्रेडीङ्ग, लिपफ्रग  टेक्नोलोजी, लिपफ्रग एकेडेमी, भर्सेन्ड टेक्नोलोजी र जेटटिईले क्रमस कार्यक्रमलाई प्रायोजन गरेका थिए। कार्यक्रम काठमाण्डौ विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा तिन दिनसम्म चलेको थयो। कार्यक्रममा काठमान्डौ विश्वविद्यालयका कम्पिउटर साइन्स र इन्जिनियरिंगका विद्यार्थीहरुले विभिन्न जानकारीमुलक स्टल, विभिन्न अन्तरक्रिया कार्यक्रमहरु, कम्पिउटर गेमिङ्ग र प्रविधिसँग सम्बन्धित थुप्रै कार्यक्रमहरु सम्पन्न गरेका थिए । करिब १५ हजार मानिसहरुले अवलोकन गरेको यस कार्यक्रमलाई उपत्यका बाहिर हुने विज्ञान प्रविधिको एक  ठुलो कार्यक्रम मानिन्छ ।

आइटी मिटमा ह्याकथोन, आइडिया पिचिङ्ग, कोड क्याम्प, सफ्टवयर प्रतियोगिता, हार्डवयर प्रतियोगिता, प्रोजेक्ट प्रदर्शनी सम्पन्न भएका थिए । यस्तै गेमिङ्ग तर्फ डोटा, काउन्टर स्ट्राइक, फिफा, मिनी मिलिसिया र क्लास रोयालमा सहभागीहरुको उल्यख्य सहभागिता रहेको थियो। कार्यक्रमको समापन समारोहमा विजयी विद्यार्थीहरुलाई नगद पुरस्कार अनि कार्यक्रमका प्रायोजक र कार्यक्रमका सहयोगीहरुलाई प्रसंशा पत्र समेत प्रधान गरिएको थियो । कार्यक्रममा सहभागी र कार्यक्रमका प्रायोजकहरुलाई आयोजकले विशेष धन्यवाद दिएका थिए ।

CAN INFOTECH 2017 | क्यान इन्फोटेक-२०१७



सुबिसु केबल नेट प्रालीले शीर्ष प्रायोजन र सामसुङ एसोसिएटले सह प्रायोजन गरेको क्यान इन्फोटेक–२०१७ माघ १३ देखिन माघ १८ ,२०७३ तदअनुशर जनावरी २६ ,२०१७ देखि जनावरी ३१ ,२०१७ मा भएको थियो । क्यान इन्फोटेक भनेकै सूचना प्रविधि सम्बन्धी सम्पूर्ण सामग्री र सेवाको नविनतम जानकारी दिने थलो हो।कम्प्युटर एसोसिएनस अफ नेपाल (क्यान) महासंघले हरेक वर्ष आयोजना गर्ने गरेको मेलाको यो २३ औ संस्करण थियो।


सूचना प्रविधि क्षेत्रका नविनतम वस्तु र सेवाको जानकारी दिने उद्देश्यले सुरु भएको मेलामा स्वदेशी र विदेशी गरि २ सयभन्दा बढी कम्पनीले सहभागीता जनाएका थिए । ६ दिनसम्म चलको मेलामा विभिन्न कम्पनीहरुले आफ्ना नयाँ उत्पादन, सेवा र उपभोक्ता योजना सार्वजनिक गरेका थिए । विश्वस्तरिय ब्रान्डका नेपाली अधिकृत विक्रेतादेखि स्वदेशमै सफ्टवेयर, मोबाइल एप्लिकेसन, वेब एप्लिकेसन, सूचना प्रविधि प्रणालीलगायतका सेवा विकास गर्नेहरुले मेलामा स्टल राखेका थिए । मेलामा कुल २ सय २२ स्टल थिए।हरेक वर्ष हुने यो मेलाको २२ औं संस्करण ३ लाख ६३ हजार ४ सय ५६ जनाले अवलोकन गरेका थिए । यसपाली भने ४ लाखभन्दा बढीले अवलोकन गर्ने लक्ष्य राखिएको थियो